बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

७३ प्रतिशत स्थानीय तहमा इन्टरनेट ब्रोडब्यान्ड नेटवर्क


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 388
    SHARES

काठमाण्डौ,१४ असोज।  देशभर ब्रोडब्यान्ड नेटवर्क तथा कनेक्टिभिटी पुर्याउने उद्देश्यअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएका परियोजनाको सम्झौता भएमध्ये ७२.७० प्रतिशत काम सम्पन्न भएको छ ।

प्राधिकरणका अनुसार भदौ मसान्तसम्म १० हजार ५१८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत कुल १८ प्याकेजमध्ये प्राधिकरणले १७ वटा प्याकेजमा सम्झौता गरेको छ । सम्झौता अनुसार कुल १४ हजार ४६८ स्थानमा ब्रोडब्यान्ड जडान गर्नुपर्नेमा हालसम्म उल्लेखित प्रगति भएको प्राधिकरणले जनाएको छ ।

जडान भएमध्ये ४६९ स्थानीय निकायको कार्यालय, तीन हजार ९३७ वडा कार्यालय, तीन हजार २९० माध्यमिक विद्यालय र दुई हजार ८२२ स्वास्थ्य संस्था छन् । प्राधिकरणले कुल १८ वटा प्याकेजमा गरी देशभर १६ हजार ६०१ स्थानमा ब्रोडब्यान्ड जडान गर्ने लक्ष्य राखेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई प्रतिस्पर्धा गराएर ब्रोडब्यान्ड नेटवर्क विस्तार र जडानको जिम्मेवारी दिएको छ ।

यो परियोजनाका लागि भदौ मसान्तसम्म दुई अर्ब ६२ करोड १४ लाख रुपियाँ भुक्तान गरिएको प्राधिकरणले जनाएको छ ।परियोजना निर्माणका लागि पाँच अर्ब २६ करोड ९७ लाख रुपियाँमा  सम्झौता भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }