सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ को मृत्यु,६१३ जनामा संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बिहिबार, पुस ९, २०७७
  • 516
    SHARES

काठमाडौँ ,९ पुस। विहिवार थप ६१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ५१० पीसीआर परिक्षणमा २३३ महिला र ३८० जना पुरुषसहित ६१३ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ७३९ जना निको भएर डिस्चार्ज भएसंगै निको हुनेको २ लाख ४७ हजार ४०० संख्या पुगेको छ । सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ३८४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ९६ हजार २५० परीक्षणहरु गरिएका छन् ।  हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)