शनिबार, साउन २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पिएम कप : सुदुरपश्चिमद्वारा प्रदेश १ सात विकेटले पराजित


  • माउन्टेन खबर
  • आइतवार, माघ २, २०७८
  • 640
    SHARES

२ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । एक सय ५९ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १९ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जीतमा राजु रिजालले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ५२ बल खेल्दै नौ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै सन्तोष भट्टले ४८ रन जोडे । उनले ३९ बल खेल्दै ४ चौका र ३ छक्का हाने । अर्जुन साउदले २६ तथा नारायण जोशी ८ रनमा अविजित रहे । बलिङतर्फ प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रन बनायो । प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए भने सोनु अन्सारीले ३१ रन जोडे । त्यसैगरी मिनाष थापा र अङ्कित सुवेदीले समान २३÷२३ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले दुई÷दुई तथा कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले एक÷एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)