सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्ढा वीच इन्गेजमेन्ट


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १, २०८०
  • 258
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्ढाले शनिबार साँझ इन्गेजमेन्ट गरेका छन् ।

राति करिब ९ बजे परिणिती र राघवले आफ्नो इन्गेजमेन्ट फोटो सेयर गरेका छन् । तस्बिर सार्वजनिक हुनेबित्तिकै नेतानगरीसँग आवद्ध सेलिब्रेटीलगायतले जोडीलाई नयाँ जीवन सुरु गरेकोमा बधाई दिइरहेका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो जोडीलाई बिशेष ढंगले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा राघव र परिणितीसँगको तस्बिर सेयर गर्दै अरविन्दले लेखेका छन्, ‘जीवनको यो नयाँ यात्राको शुरुवातमा तपाई दुवैजना सधैं खुसी रहनुहोस् । भगवानले बनाएको यो सुन्दर जोडी सधै रहिरहोस् ।’

सांसद राघव चड्ढा र अभिनेत्री परिणिती चोपडाले मे १३ शनिबार साँझ औंठी साटासाट गरे । समारोह साँझ ५ बजे कपुरथला हाउस, कनट प्लेस, दिल्लीमा सुरु भएको थियो । राति करिब ९ बजे परिणिती र राघवले आफ्नो सोसल मिडिया अकाउन्टमा इन्गेजमेन्टको तस्विर सेयर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)