बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारीमा मुख्यमन्त्री सोडारी


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १८, २०८१
  • 118
    SHARES

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने हुनुभएको छ। शुक्रबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गरेर सोडारीले राजीनामा दिन लाग्नुभएको हो ।

गत असार २० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्रीले त्यसको ३०औं दिन अर्थात् आज विश्वासकाे मत लिने तयारी गर्नुभएको थियो । तर कसैगरे पनि विश्वासकाे मत नपाउने भएपछि उहाँले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिन लाग्नुभएको हो ।

प्रदेशसभामा नेपाली कांग्रेसका १८, एमालेका ११, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक स्वतन्त्र सहित ५३ प्रदेशसभा सदस्य छन् ।

नयाँ सता समीकरण अनुसार कांग्रेसको भागमा मुख्यमन्त्री परेको छ । कांग्रेसबाट कमलबहादुर शाह, प्रकाश देउवा, निताबहादुर थापा र देवान विष्ट मुख्यमन्त्री बन्न दौडमा हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)