आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नुवाकोटमा दुई वटा पुलको शिलान्यास


  • माउन्टेन खबर
  • आइतवार, पुस ७, २०८१
  • 195
    SHARES

नुवाकोट –  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले नुवाकोटमा दुई वटा पुलको शिलान्यास गर्नुभएको छ ।

नुवाकोटको बेलकोटगढी, लिँखु र ककनी गाउँपालिकाको संगमस्थल समेत रहेको सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल र कटर बोटे सिन्धु रे खोला जोड्ने सडक पुलको एकैपल्ट शिलान्यास भएको हो ।

पूर्वाधार विकास कार्यालय नुवाकोटद्वारा निमार्ण हुने कटर बोटे सिन्धु रे खोला पुल २०८२ साल असोज १९ गते निमार्ण सम्पन्न हुने लक्ष्य राखिएको यो पुल रु ५,८६,२३,८१८.९७ (अक्षरूपी पाँच करोड छयासी लाख तेइस हजार आठ सय अठार रुपैयाँ)मा २५.६ मिटर लम्बाई र ८.४ मिटर चौडाइ हुनेछ ।

रु ८,४६,४२,४७४ (अक्षरूपी आठ करोड छयालीस लाख बयालिस हजार चार सय चौहत्तर) रुयौयाँ लागतमा निमार्ण हुने सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल २०८२ असोज २० गते सम्पन्न गरिने लक्ष्य राखिएको छ । यो पुलको लम्बाई ४१.४ मिटर एवं चौडाइ ८.४ मिटर हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ ।

पुल उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले पर्यटकीय महत्त्व एवं कृषि क्षेत्रको हब रहेको सो स्थानमा सडक निर्माणमा प्राथमिकता दिने बताउनु भयो ।

अधुरै रहेका पुराना बहु वर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक एवं पुलको स्तरोन्नति गर्दै समृद्धि र विकासको संवाहक सडकलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखी काम गर्दै आएको मन्त्री इन्जिनियर मास्केले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘भौतिक पूर्वाधार विकास मन्त्रालय ट्रस्ट , टिम वर्क र ट्रान्सपेरेन्सी गरी ३ सको मान्यताअनुरूप जनताको विकासको अनुभूति हुने गरी काम गरिरहेको छ । नुवाकोटमा मुख्यमन्त्री बहादुर सिंह लामासँगको समन्वयमा आवश्यकता र औचीत्यता अनुरूप बजेट विनियोजन भई विभिन्न पूर्वाधारको काम भइरहेको मन्त्री मास्केको भनाई छ ।’

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले रसुवामा पूर्वाधार विकास कार्यालय रसुवाको कार्यालय उद्घाटन गर्नुभएको थियो भने गोसाईंकुण्ड गाउँपालिका द्वारा स्याफ्रुवेसीमा आयोजना गरिएको “ पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता “ को समापन समारोहमा पुरस्कार वितरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)