बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश प्रदेश सभा भवन अगाडि सात दलका सांसदहरूको धर्ना


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २६, २०८२
  • 270
    SHARES

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात दलका सांसदहरू जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि धर्नामा बसेका छन्।

सोमबारदेखि सुरु भएको विरोधका क्रममा मंगलबार सांसदहरूलाई मधेश भवन प्रवेशमा कडाइ गरेपछि उनीहरू मुख्य गेट नजिकैको सडकमा लामबद्ध भएर धर्नामा बसेका हुन्।

मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, लगायतका सांसदहरूले धर्ना दिएका हुन्।

 

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन वरपर अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। सांसदहरू सडकमा धर्नामा बसेपछि सो क्षेत्रमा सवारी आवागमन समेत रोकिएको छ।

उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिलाई “संविधानको मर्म र प्रक्रिया विपरीत” भन्दै विरोध जनाएका छन्।

प्रदेश प्रमुखले आइतबार राति बर्दिवासस्थित एक होटलमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि मधेश प्रदेशमा राजनीतिक तनाव चुलिएको हो।

सोमबार नै विपक्षी दलका कार्यकर्ताहरूले मुख्यमन्त्री निवासमा तोडफोडसमेत गरेका थिए। अहिले प्रदेशमा राजनीतिक गतिरोध कायमै छ र दलहरूबीच सरकार गठन प्रक्रियाबारे कडा मतभेद देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)