बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस सरकार गठनविरुद्धको धर्ना जारी


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २८, २०८२
  • 82
    SHARES
धनुषा- मधेस सरकार गठनविरुद्ध मधेस प्रदेशका प्रदेशसभा सदस्यहरू आज पाँचौँ दिन पनि धर्ना दिएका छन् । मधेस भवन अगाडि सात दलका प्रदेशसभा सदस्यहरूले बिहान ८ बजेदेखि ११ बजेसम्म धर्ना दिएका छन् ।
आजै ७ वटै राजनीतिक दलका प्रदेशसभा सदस्यहरू तथा कार्यकर्ताहरूको सहभागिता जनकपुरधाममा मोटरसाइकल र्‍याली निकाल्न लागिएको जानकारी नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य कनिष पटेलले जानकारी दिनुभयो । त्यस्तै शनिवार बेलुका मशाल जुलुस प्रदर्शन र आइतबार दिन भरी सडक प्रदर्शनको कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवन अशान्त बनेको छ ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू आन्दोलनमा छन् ।
मङ्गलवार साँझ नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्न गएको बेला बाहिर प्रदर्शन चर्किएको थियो । त्यस क्रममा प्रहरीको लाठी चार्जबाट १६ जना प्रदर्शनकारी घाइते भएका थिए ।
घटनाको विरोधमा सात दलीय गठबन्धनले आन्दोलनको घोषणा समेत गरेका छन् ।
सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख सुवेदीले पनि पदमुक्त भई सक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)