बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा विरोध जारी


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २९, २०८२
  • 293
    SHARES

काठमाडौँ –  मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा ७ राजनीतिक दलले छैटौँ दिन पनि आन्दोलन जारी राखेका छन् ।

मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रदेशसभा सदस्यहरु आज पनि मधेस भवन अगाडी धर्नालाई जारी राखेका हुन् ।

 

धर्ना मधेस प्रदेशका पूर्वमन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु सहभागी छन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेर २४ गते शपथग्रहण गराएपछि ती दलहरु आन्दोलनमा होमिएका हुन् ।

सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउने अवस्था हुँदा हुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर नेकपा एमालेको नेतृत्वमा सरकार बनाइएको भन्दै ७ दलका नेताहरू त्यही दिनदेखि विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)