बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाराको आदर्श कोतवाल गाउँपालिकामा अन्य पार्टीबाट दुई दर्जन बढी ब्यक्ति कांग्रेस प्रवेश


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ८, २०८२
  • 237
    SHARES

निजगढ। बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा र रास्वपा परित्याग गर्दै दुई दर्जन बढी ब्यक्ति नेपाली कांग्रेस प्रवेश गरेका छन्।

बारा क्षेत्र नम्बर १ का तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका शम्भु बुढाथोकी र सिम्रौनगढ नगरपालिकाका पुर्व प्रमुख तथा बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजयशंकर यादवले शुक्रबार विहान आदर्श कोतवाल गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनीहरूलाई कांग्रेसमा स्वागत गरेका हुन्।

कांग्रेस नवप्रवेशी सन्तोष कुमार गुप्ताले कांग्रेस जनताको सुख दु:खमा साथ दिने पार्टी भएकाले आफुले कांग्रेस रोजेको बताए।

`कांग्रेसले मधेसका लागि दिएको योगदान हजुरबुबा र बाहरुले सुनाउनु भयो, अहिले गगन थापा सभापति भएपछि कांग्रेसमा थप उर्जा देखियो, जनताको सुख दु:खमा साथ दिने पार्टी भएकाले मेरो झुकाव कांग्रेस प्रती रह्यो र कांग्रेस रोजें।´ जेन-जी युवा गुप्ताले भने।

आदर्श कोतवाल गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी परित्याग गरेका प्रेमलाल साहले पनि गरिब दु:खीहरुको साहरा कांग्रेस भएकाले आफु कांग्रेसमा आएको सुनाए।

सन्तोष र प्रेमलालसँगै सो गाउँपालिकाका रमेश साह, महादेव साह, श्रीचन साह, सिकेन्द्र साह, धर्मेन्द्र साह, मोहित साह, उदय साह, जोकु ठाकुर, मेघनाथ साह, मोहन साह लगायत दुई दर्जन ब्यक्ति कांग्रेस प्रवेश गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)