आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विपद् व्यवस्थापन र राहतमा नेपाली काँग्रेस सक्रिय, संसदीय संयन्त्र बनाउने गृहकार्य


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 13
    SHARES
काठमाडौँ – रसुवा बाढीका कारण सिर्जित राष्ट्रिय विपत्तिको सामना गर्न नेपाली काँग्रेसले आफ्नो सक्रियता बढाएको छ ।
विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्य योजनाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकमा काँग्रेसले सरकारसँगको समन्वय र सर्वदलीय सहकार्यलाई जोड दिएको हो । बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले विपद्को यस घडीमा सबै राजनीतिक दलहरूबिच साझा प्रतिबद्धता व्यक्त भएको जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि दलहरूबिच सांसदभित्रै एउटा साझा संयन्त्र निर्माण गर्ने समझदारी बनेको उहाँले बताउनु भयो । सो संयन्त्रलाई पूर्णता दिई तत्काल काम अघि बढाउन रास्वपा सभापतिसँग थप छलफल गरिने उहाँको भनाइ छ ।
विपद् व्यवस्थापनका लागि काँग्रेसले फिल्डमा समेत टोली परिचालन गरेको छ । पार्टीका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकसहितको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी प्रधानमन्त्रीलाई नौ बुँदे ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।
यस्तै, केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित ‘विपद् समन्वय समिति’ ले रसुवा लगायतका क्षेत्रमा फिल्डमै रहेर समन्वय गरिरहेको छ ।
सभापति थापाले विपद्को समयमा सरकारकै नेतृत्वलाई केन्द्रमा राखेर सहयोग गर्ने पार्टीको परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने घोषणा गर्नुभयो । पार्टीका केन्द्रीय सदस्य, सांसद र देशभरका निर्वाचित जनप्रतिनिधिहरूबाट सङ्कलित स्वैच्छिक रकम पार्टीको कोषमार्फत एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो । राहत वितरणमा दोहोरोपन नहोस् भन्नका लागि यस्तो प्रक्रिया अपनाइएको पार्टीले जनाएको छ । सङ्कलित स्वैच्छिक रकम पार्टीको कोषमार्फत एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो । राहत वितरणमा दोहोरोपन नहोस् भन्नका लागि यस्तो प्रक्रिया अपनाइएको पार्टीले जनाएको छ ।
बैठकमा नुवाकोट, रसुवा र धादिङका स्थानीय नेताहरूका साथै नेपाल तरुण दलका प्रतिनिधिहरूले प्रभावित क्षेत्रको वस्तुस्थिति र देखिएका अभावका बारेमा जानकारी गराएका थिए । काँग्रेसले विपद्को यस अवस्थामा सरकारसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत दोहोर्‍याएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)