आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढी प्रभावित रसुवावासीलाई अत्यावश्यक खाद्यसामग्री वितरण


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 32
    SHARES

काठमाडौं –  सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका अत्यावश्यक खाद्यसामग्री वितरण गरेको छ ।

बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ ।

भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडा गाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खाम्जिङलगायतका स्थानमा अत्यावश्यक खाद्यसामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत वितरण सुरु गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “आज बिहान तीन वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा सामान पठाइसकिएको छ । प्राथमिकतासहित आवश्यकताका आधारमा नुन, तेल, दाल, चामललगायतका सामग्रीको व्यवस्था गरिने छ।

बाढीपीडित तथा प्रभावितका पक्षमा अहोरात्र खटिरहेको सरकारी संयन्त्र उद्धार तथा राहत वितरणसँगै पुनर्निर्माण एवं पुनःस्थापनाको चरणमा प्रवेश गर्ने भएकाले नआत्तिन जिल्लावासीसँग अनुरोध छ ।”

राहत वितरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका जनशक्ति खटिरहेको उहाँले जानकारी दिनुभयो । विपद्को यस घडीमा हल्लाको पछि नलाग्न, अनावश्यक भ्रम सिर्जना नगर्न र सही सूचनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गर्नुहुनसमेत जिल्ला प्रशासन कार्यालयले सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)