बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तराष्ट्रिय मुद्रा कोष व्दारा विश्वव्यापी मन्दीको घोषणा, ८० देशले सहयोग मागे, नेपाललाई १३ अर्ब ९ करोड


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 842
    SHARES

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वव्यापी आर्थिक मन्दीको घोषणा गरेको छ ।

अहिलेको मन्दी सन् २००८ को आर्थिक मन्दीभन्दा भयावह रहेको भन्दै आइएमएफले ८० देशहरुले यसअघि नै आइएमएफसँग आपत्कालीन सहायता माग गरेका जनाएको छ ।
यसैबीच, जी २० देशहरुले भने ५० खर्ब अमेरिकी डलर अर्थात् विश्व अर्थतन्त्रको ६ प्रतिशतबराबरको वित्तिय उपायहरु अघि सारेका छन् ।

मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जेर्जिभाले आइएएमएफ र जी २० देशहरुको विश्व अर्थतन्त्र ध्वस्त हुनबाट जोगाउन चालेका कदमबारे चर्चा गरेकी छिन् ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसकाका कारण आइएमएफले सन् २०२० र २०२१ को आर्थिक वृद्धिदरमा पुनर्विचार गर्ने भएको छ ।

आइएमएफले कम्पनीहरु टाट पल्टिने समस्ष मुख्य रहेको भन्दै यो अवस्थालाई पार लगाउन र पुनस्र्थापनाका लागि अत्यावश्यक कदमहरु चाल्ने जनाएको छ ।

सबैजसो देशहरुले जटिल उपायहरु अघि सारेका छन् ।

आइएमएफले १८६ देशको नीतिगत कदमलाई ट्रयाक गरेको छ र हरेक देशपिच्छेको अवस्था आइएमएफको निगरानी अधिकार (सर्भिलियन्स म्याण्डेट) अनुसार सार्वजनिक गर्ने आइएमएफले जनाएको छ ।

नेपालले पनि आपत्कालीन सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय मुद्रा कोषको ७ करोड ८५ लाख एसडीआर (१३ अर्ब ९ करोड रुपैयाँ) निर्व्याजी  ऋण सहायता स्वीकार गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)