शनिबार, साउन २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज


  • माउन्टेन खबर
  • शनिबार, माघ १५, २०७८
  • 948
    SHARES

काठमाडौं,१५ माघ । नेपालले आज (शनिबार) अफ्रिकी राष्ट्र मरिसससँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

नेपालका प्रशिक्षक किरण श्रेष्ठले बरियताको हिसाबले मरिसस नेपालजस्तै टिम भएकोले नेपाल जितको लागि तयार भएको बताए । नेपाल मरिससविरुद्धको खेलको लागि पूर्ण रुपमा फिट भएको र यसको लागि तयारी समेत भएको उनको भनाई छ ।

यस्तै, नेपाली टिमका कप्तान किरण चेम्जोङ नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको भन्दै दुवै खेलमा नतिजा ल्याउने बताउँछन् । मरिससविरुद्धको लागि खेलको लागि नेपाली टिम शारीरीक तथा मानसिक रुपले तयार भएको उनको भनाई छ ।

मरिसस फुटबल टोलीका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाल बलियो टिम भए पनि आफूहरु रामो नतिजाको लागि तयार रहेको बताए ।

मरिससमा झण्डै साढे २ वर्ष फुटबल गतिबिधि नभएको जानकारी दिँदै आफूहरुले ४५ दिनअघि मात्रै ट्रेनिङ सुरु गरेको र आफ्ना खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्ने प्रशिक्षक टोनीले विश्वास व्यक्त गरे।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरिसकेका छन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलका लागि किरणकुमार लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिश रत्न छुन्जु र जगजित श्रेष्ठलाई छनोट गरेका छन् ।

यस्तै, दोस्रो मैत्रीपूर्ण खेलका किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुधन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आकाश राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङलाई छनोट गरेका छन् ।

नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल भने मंगलबार हुनेछ ।

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)