बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वकिलले किन लगाउँछन् कालो कोट ?


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २७, २०७६
  • 914
    SHARES

वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट लगाउँछन् प्रायः वकिलहरू ।

आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त रु नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो शर्ट भयो त र?

स्मरणरहोस् बेलायती शासक एडबर्ड तृत्तीयले सन् १३२७ मा वकालतको सुरुवात गरेका थिए । त्यस समय पहिरन संहिताका आधारमा न्यायाधीशहरूको भेषभुषाको मापदण्ड बनाइयो । त्यस समय न्यायाधीशहरूले शीरमा एक भुत्लायुक्त मुकुट लगाउँदथे ।

वकालतको सुरुवातको समयमा वकिलहरूलाई चार भागमा विभाजन गरिएको थियो । जसमा स्टुडेण्ड अर्थात् प्रशिक्षार्थी, प्लिडर, बेन्चर र व्यारिस्टर थिए । ती सबैले न्यायाधीशलाई स्वागत गर्दथे ।

त्यस समय अदालतमा सुनौलो रातो रङको कपडा तथा खैरो रङको गाउन लगाउने चलन थियो । त्यसपछि सन् १६०० मा वकिलको पहिरनमा परिवर्तन भयो । वकिलले पनि लामो खाले गाउन लगाउन सुरु गरे । त्यो पहिरनले वकिल र न्यायाधीशलाई आम सर्वसाधारण भन्दा फरक देखाउँदथ्यो ।

सन् १६९४ मा बेलायती महारानीको बिफरका कारण मृत्यु भयो । रानीको मृत्युमा शोक मनाउनका लागि कालो गाउन लगाएर एकै ठाउँमा जम्मा हुनका लागि तत्कालीन राजा विलियम्सले सबै न्यायाधीश तथा वकिलहरूलाई आदेश दिए । रानीको मृत्युमा लगाइएको त्यो कालो पहिरन त्यसपछि वकिलहरूको आम पहिरन बन्न पुग्यो । सुरुमा गाउनको चलन थियो । तर विस्तारै कालो कोटको चलन आयो । समय क्रमसँगै कालो कोट वकिलको पर्यावाची बन्न पुग्यो । कालो कोट तथा सेतो कमिजले वकिलमा अनुशासन कायम गर्ने तथा न्यायप्रति विश्वास जागृत गर्ने आम विश्वास रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }