चैत १३ :विश्व टेनिसको प्रतिष्ठित र पुरानो प्रतियोगिता विम्वल्डन पनि कोरोनाको भाइरसको सङ्क्रमणको मारमा परेको छ । आगामी जुन महिनाको २९ तारिखबाट बेलायतमा हुने तय भएको प्रतियोगिताको आयोजना तत्काल नहुने भएको छ । प्रतियोगिताको आयोजक अल इङ्ल्याण्ड क्लवले खेल आयोजनाको नयाँ मिति तय गर्न अर्को साता बैठक डाकेको छ । बैठक अघी विज्ञप्ती जारी गर्दै क्लवले २९ जुन देखि १२ जुलाइ सम्म आयोजना हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित भएको बताएको छ । दर्शकहरु उपस्थित नगराइ बन्द कोर्टमा प्रतियोगिता गराउने कुरा स्विकार्य नहुने पनि क्लवले स्पष्ट बनाएको छ । यस अघी अघिल्लो महिना फ्रेन्च ओपन टेनिस प्रतियोगिता पनि स्थगित भएको थियो । यसैगरी विश्व टेनिस संघले पनि सबै प्रतियोगिताहरु स्थगित गरी सकेको छ ।।
