सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी ३ महिनाका लागि सबै प्रतियोगिता स्थगन गर्ने आईसीसीको निर्णय


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १४, २०७६
  • 1.1K
    SHARES

काठमाडौं, चैत्र १४ः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कोभिड-१९ को कारण देखाउदै आगामी तीन महिनाका लागि सबै प्रतियोगिता स्थगन गर्ने निर्णय गरेसंगै नेपालले खेल्ने तय भएका दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता रोकिएका छन् ।

आईसीसीले आगामी जुन ३० अघि सार्वजनिक भएका सबै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेपछि नेपालले सहभागिता जनाउने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको एसिया छनोट ‘बी’ प्रतियोगिता स्थगित भएको हो ।

यसैगरी नेपालले नामिबियामा र पपुपा न्युगिनीमा खेल्ने दुई फरक त्रिकोणात्मक सिरिज पनि तत्कालका लागि रोकिएको छ । नेपालले आगामी जुन २६ देखी जुलाई २ सम्म मलेसियामाआयोजक मलेसियासंगै भुटान, चीन, म्यानमार र थाइल्याण्डसंगएसिया छनोट खेल्ने कार्यक्रम थियो ।

अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । यसैगरी अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने सिरिजमा नेपालले घरेलु टोली नामिबिया र स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्ने तय थियो । यस्तै पपुपा न्युगिनीमा हुने प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज ९ देखि १६ जुनसम्म हुने तालिका रहेको थियो ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)