बन्द कोठा भित्र
के छ कस्तो छ जे छ जस्तो छ यो मन भित्र नै छ ।
पिडा छ आँसु छ खुसी छ हासो छ जे छ यहि छ ।।
न त तिमिले देख्छौ न त मैले देखाउन नै सक्छु ।
न त तिमिले बुझ्छौ न त मैले बुझाउन नै सक्छु ।।
हास्छु एक्लै रुन्छु एक्लै बोल्छु एक्लै म छु एक्लै ।
तिमी छौ त कहाँ छौ थाहा छैन म त बस्छु एक्लै ।।
म नाच्छु एक्लै म गाउछु एक्लै म रमाउछु एक्लै ।
कहिले काहीँ धेरै दिक्क लाग्दा म कराउछु एक्लै ।।
आफैले आफैलाई सम्झाउछु र अनि चित्त बुझाउछु ।
यस्तै रहेछ जीवन भनि सारा दुख बेदना सिध्याउछु ।।
कहिले काहीँ मौकामा साथी भाइसंग धेरै नै हराउछु ।
कहिले कमाउछु कहिले उडाउछु म एक्लै रमाउछु ।।
बुझ्नेले नबुजेपछि देख्नेले नदेखेपछि सुन्नेले नसुनेपछि।
भन्नूको के अर्थ रहन्छ र आँखा कान र मुख थुनेपछि ।।
बुझाउनै पो कहाँ सकिन्छ र दिलमा पत्थर भरेपछि ।
यहाँ पिडा छ ब्यथा छ कथा छ ह्र्दयले डेरा सरेपछी ।।
भोक छ निन्द्रा छ तनाब छ यहाँ यति धेरै प्यास छ ।
त्यही पनि जीवन बाट थोरै भए पनि अझै आस छ ।।
यहाँ उसको अनि मेरो र सबैको सपनाको रास छ ।
तर यथार्थमा जीवन यहाँ बाकि एकमुठ्ठी सास छ ।।
त्यसैले न त बुझाउनै सक्छु न त सम्झाउनै सक्छु।
न त घोक्रो फुट्न्जेल यहाँ अब धेरै कराउनै सक्छु ।।
त्यसैले जे छ जस्तो छ यहाँ यहि मै म हराउछु ।
बुझ्ने कोही नहुदा कहिले काही त्यसै डराउछु।।
सुवास पोखरेल ,जापान।।
प्रतिक्रिया
सम्बन्धित समाचार