आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रकविको सम्झनामा अनेसासको कार्यक्रम


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०७७
  • 867
    SHARES

अमेरिका। राष्ट्रकवि माधव घिमिरेको ४५ औँ पुण्यतिथिको अवसर  पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रबार  विशेष कार्यक्रमको आयोजना गरेको छ | कवि घिमिरेप्रति समर्पित उक्त कार्यक्रममा बिश्वभरका बिभिन्न  सर्जकहरूले राष्ट्रकविप्रति श्रध्दाभाव ब्यक्त गरेका छन् |

कार्यक्रममा राष्ट्रकविसंगको सानिध्यताको वर्णन गरेर साहित्यकार तथा अनेसास बोर्डअफ ट्रष्टीको अध्यक्ष गीता खत्रीद्वारा लिखित गीतको म्यूजिक भीडीयो समेत सार्वजनिक गरिएको छ | वरिष्ठ साहित्यकार दिनेश अधिकारीले राष्ट्रकविसंगको सम्झना  प्रस्तुत गर्दै नेपाली साहित्यमा घिमिरेको योगदानको चर्चा गरे | उनले भने- सय वर्षको उमेरमा महाकाव्य लेख्ने कवि सम्भवतः घिमिरे मात्र हुनुहुन्छ ।

कवि अधिकारीले गीतकार गीता खत्रीको गीति लेखनको चर्चा गर्दै विदेशमा बसेर साहित्य सिर्जना गर्नु आफैमा  ठूलो कुरा हो भन्दै खत्रीको गीति लेखनको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रकविकी सुपुत्री साहित्यकार ज्योति पौडेलले आफ्नाो पिताजीलाई अनेसासले सम्झना गरेकोमा हार्दिक आभार व्यक्त गरिन्  भने गीतकार खत्रीले  राष्ट्रकविप्रति आफ्नो गीति सिर्जना समर्पण गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

अनेसासका महासचिव सर्वज्ञ वाग्लेद्वारा सञ्चालित कार्यक्रममा अनेसास बीओटीका सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, अनेसासका सल्लाहकार प्राडा. लक्ष्मणप्रसाद गौतम, सुमलकुमार गुरुङ, अनेसास बीओटीका पूर्व उपाध्यक्ष रोहिणी शर्मा, अनेसास बीओटीका कोषाध्यक्ष राम लामा अविनाशी, सदस्य तीर्थ अधिकारी,अनेसास कतार च्याप्टरका पूर्व अध्यक्ष तीर्थसंगम राई, पोल्याण्ड च्याप्टरका अध्यक्ष सुसन परियार विसर्जन,  संगीतकार राजु सिंह, गायिका सरिता शाहीलगायतले राष्ट्रकवि घिमिरे तथा गीतकार गीता खत्रीको गीति सिर्जनाका बारेमा बोलेका थिए ।

अनेसासका बरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजाले  गीतकार खत्रीको परिचय प्रस्तुत  गरेको  थिए भने उपाध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रकवि घिमिरेप्रति  समर्पित कविता वाचन गरेका थिए ।  अनेसास केन्द्रीय सदस्य डा. रेणुका सोलुले कार्यक्रम बारे जानकारी दिँदै पाहुनाको स्वागत गरेकी थिइन्  भने कोषाध्यक्ष कृष्णकुमार गिरीले अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा भएको थियो ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)