शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

डायस्पोराका अब्बल सर्जकहरू मध्य एक ज्ञानेन्द्र गदाल


  • सुधीर नेपाल
  • आइतवार, भदौ २६, २०७९
  • 351
    SHARES

डायस्पोराका अब्बल सर्जकहरू मध्य एक ज्ञानेन्द्र गदाल

आधुनिक र मर्मस्र्पसी गीतहरुलाई धारीलो कलमले सेतापानाहरुमा उर्तादा गदाल आफैमा हराउँदा रहेछन् । देखेको परेको कुराहरु सँग भावनात्मक रुपमा आफू अनुभुत भएपछि लेखनको लागि कुनै समय चाँहिदो रहेनछ ज्ञानेन्द गदाल लाई ।

नेपाली भाषा, साहित्य र संस्कृतिको प्रसार र विकासको निम्ति विगत चार दशकदेखि मूलधारका निकाय, भाषाविद एवं श्रष्टाहरुको प्रत्यक्ष सम्पर्कमा रही डायस्पोरामा सकृय सेवा गरिरहेका नेपाली साहित्यका अर्मूत व्यक्तित्व हुन् गदाल ।

सांगीतिक र साहित्यीक क्षेत्रमा आएको व्यवासायीकतालाई भने उनी हल्का रुपमा लिन्छन् । भन्छन् , जब सम्म प्रतिलिपी ऐनको अधिकारको राम्रो व्यवस्था हुदैन । एउटा सर्जकले आफनो सिर्जनालाई आफनो जीवन यापन गर्ने माध्यम बनाउन सक्दैन् । आफनो सिर्जनामा अरुले मनोमानी गरिरहेको टुलुटुलु हेरेर बस्न बाध्य हुन्छ एउटा सर्जक ।

नेपाली साहित्यको विशेषतः गीत–गजल,कविता लेखनमा प्रवासमा नयाँ पिंडीका लेखकहरुलाइ प्रेरणा र हौसला प्रदान गरि लेखनमा प्रोत्साहन गरिरहेका गदाल नेपाली कला र साहित्यका एक भरपर्दा व्यक्तित्व हुन् ।उनले आइएनलएस, एनआरएन, एएनए, एनसिए, आनमा र इनास जस्ता विश्वका क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ–संस्थामा आवद्ध भै नेपाली भाषा–साहित्यको फाँटमा सेवा गरिरहेका छन् ।एउटा साहित्यीक सर्जकलाई के लेख्नुहुन्छ भनेर प्रश्न गर्नु आफैमा उरन्ठेउलोपना जस्तो लाग्छ । प्रश्न गर्नु पहिले नै त्यसको जवाफ आउँदा प्रश्न गर्ने व्यक्ति नै अवाक हुन्छ । यही गुण रहेछ गदालमा ।

सिर्जनाको संसार :

उनलाई परम्परागत छन्द लेखनमा त्यति इच्छा अर्थात उनले छन्द लेखन तिर ध्यान नै दिएनन् । आफनो बिधा भनेको केवल कविता र गीत नै हो भन्छन् गदाल । स्वदेशमा रहँदा २०३९ साल देखि अनवरत रुपमा गीत, गजल, कविता लेखनमा सक्रिय रहेका गदालका हालसम्म १२५ भन्दा बढि गीतहरु रेकर्ड भै प्रसार भैरहेका छन् । शारदा मासिक, गदालका गीत विशेषांक (बर्ष ८, अंक २) “ज्ञानेन्द्र गदालको व्यक्तित्व र कृतित्व“ माथि त्रिबिबिद्वारा शोधकार्य सम्पन्न–२०७३ (शोधार्थी– समीर नेपाल, एम.ए.) पुस्तकः गीत संग्रह “झरीपछिको आकाश“ २०१३ , पुस्तकः गीत संग्रह “मलाई छुने मन“ २००३ “तिमी उदायौ जून बनेर“ गीति एल्बम २०२१ आधुनिक गीति एल्बम, सिडीः एकल गीत रचना “सम्झनाका छालहरु“ मुम्बैमा रेकर्ड गरिएको, २०१३ आधुनिक गीति एल्बम, सिडीः एकल गीत रचना “परदेश“ २००५ आधुनिक गीति एल्बम, क्यासेटः एकल गीत रचना “मौनता“ १९९८ लोक गीति एल्बम, क्यासेटः एकल गीत संकलन “आँखी झ्यालैमा“ १९९७, आधुनिक गीतिएल्बम, क्यासेटः एकल गीत रचना “यौवन“ म्युजिक नेपाल १९९५ कृतिहरु प्रकाशनमा आएका छन् ।

साहित्यीक सम्मान :

साहित्यीक यात्राको क्रममा उनले प्राप्त गरेका पुरस्कारहरुले उनको कोठा रंगीएका छन् । नातिकाजी स्मृति राष्ट्रीय संगीत सम्मान–२०७७, नातिकाजी स्मृति प्रतिष्ठान, काठमाडौँ २०२२ अनेसास जर्जिया च्याप्टर र नासाको संयुक्ततामा आयोजित सरस्वतीपूजा–२०१८ को पावन अवसरमा विशेष सम्मान, जनवरी २०१८ , अनेसास बोस्टन च्याप्टरद्वारा देवकोटा जयन्ति २०१७ का अवसरमा सम्मान, नोभेम्बर २०१७ अनेसास कोलोराडोको संस्थापकको हैसियत सहित नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको कदर गर्दै च्याप्टरद्वारा अभिनन्दन, २०१७ फेब्रुअरी,अमेरिका नेपाल साहित्य प्रतिष्ठान, वासिंगटन डिसिद्वारा वाशुसशी स्मृति सम्मान २०१६, विश्वव्यापी रुपमा नेपाली भाषा–साहित्यको संरक्षण र सम्बर्धनमा योगदान गरेवापत काभ्रे जिल्लाका १६ भन्दा बढी साहित्यिक संस्थाहरुद्वारा संयुक्त अभिनन्दन, बनेपा–२०११ इलाम

समाजद्वारा सम्मान, ज्योति साहित्य प्रतिष्ठानद्वारा सम्मान, एपीइसी नेपालद्वारा सम्मान–२०११. संसारभर नेपाली भाषा साहित्यको प्रचार, संरक्षण र सम्बर्धनमा अतुलनिय योगदान गरेवापत नेपाल प्रज्ञाप्रतिष्ठान द्वारा सम्मान–२०११.अनेसास फ्लोरिडा च्याप्टर तथा कोलोराडो च्याप्टरद्वारा बिशेष सम्मान – २०१२ नेपाली साहित्यमा योगदान गरे वापत रक्की माउण्टेन फ्रेन्ड्स अफ नेपाल, कोलोराडोद्वारा सम्मान–२००६ जस्ता सम्मानले गदाल सम्मानित भएका रहेछन् । .भने डा.अम्बेदकर अन्तराष्ट्रिय बदरहुड अर्वाड २०१२, भारतीय दलित साहित्य अकादमी, नयाँदिल्ली, ’हरिभक्त कटुवाल स्मृति उत्कृष्ट गीति पुस्तक पुरस्कार–२००४’, अनेसास, अमेरिका, “उत्कृष्ठ गीतकार पुरस्कार– बि.सं.२०५४“, रेडियो नेपाल, काठमाडौ, “उत्कृष्ठ लेखक पुरस्कार– बि.सं.२०५१“, दायित्व प्रकाशन, नेपाल लगायतका पुरस्कारहरु पनि प्राप्त गरेका रहेछन् ।

यति बरिष्ठ सर्जकलाई पनि त्यो बेला आफनो लेख छापिन्छ कि छापिदैन भन्ने कुराले मन छुने रहेछ । प्राय जसो हुलाक सेवाको प्रयोग गर्ने गदाल भन्छन् पठाउन त पठाइन्थ्यो तर प्रकाशनमा आयो आएन भन्ने कुरा थाहा पाउन निकै समय लाग्थ्यो ।आफना हातलाई लेख्नको माध्यम बनाएका गदालले प्रविधिको विकासले आकाश छोए पछि भने उनले हस्तलेखनलाई बिट मारेका रहेछन् । सांगीतिक क्षेत्रमा आएको व्यवसायीक करणले उनलाई छोएन । तर पनि उनी आफनो कृति सित्तैमा भने कसैलाई पनि दिदैनन् । उनले आफनो कृति अरुलाई दिंदा विभिन्न कजहरुलाई अगाडी सार्छन् ।

कोही पनि नाफाको हिसाबले आफनो कृति माग्न आउँछ भने उसलाई त्यस्तै खाले डिमान्ड उनले राखेका हुन्छन् । र त्यही अनुसारको सम्झौता गर्छन् । कोही कलाकार आए भने उसको गक्ष अनुसार कृतिको मूल्यांकन गर्छन् गदाल । यति मिठो शब्दहरुको सिर्जना कसले गर्यो होला । त्यो पनि अर्को कौतुहल हो स्रोताहरुको लागि । फुर्सदमा गमेर वा सोचेर यसको रचना कसले गर्यो होला भन्ने हुटहुटी मनमा पलाईरहन्छ ।
यही अरुको मनको हुटहुटीलाई मनमा राखेर ४ दशक देखी आफनो साहित्यीक यात्रालाई जारी राखी रहेका छन् , गदालको शब्दमा ठूलो सेन्समा भन्ने हो भने गीत भनेको कविताको रुप हो । तर प्रतिशतको हिसाबले गीत हृदय सँग निकै नजिक हुन्छ । भने कविताहरु मस्तिक सँग नजिक हुन्छन् । गीतको आफनै कथा हुन्छ कविताको कथा नहुन सक्छ ।

-सुधीर नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }