शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

साहित्यको सहर आइस्लेण्डमा नेपालकी सम्माननीय राष्ट्रपति विद्यादेवी


  • तीर्थराज अधिकारी, अमेरिका
  • बुधबार, कार्तिक २३, २०७९
  • 663
    SHARES

नेपालकी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी गत सोमबार ७,कार्तिक २०७९का दिन ६दिने औपचारिक ब्रमणको लागि युरोपीय सानो देश जनगणतन्त्र आइस्ल्याण्ड प्रस्थान गरेकी छन्। यो कार्यक्रम “महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल” वुमन पोलिटिकल लिडर्स (डब्लु पि एल) संवन्धी हो। यस अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले “वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड” समेत ग्रहण गर्नु हुनेछ। भ्रमण टोलीमा १८ जना सदस्य रहेको जानकारी गराइएको छ। साहित्यको राजधानी भनेर चिनिने यस देशको पनि राजधानी रेक्जाभिकमा जाने टोलीमा नेपाली साहित्यकारको प्रतिनिधित्व रहेको छ कि छैन भन्ने खुलेको छैन। संयुक्त राष्ट्रसंघको यूनेस्कोले राजधानी रेक्जाभिकलाई साहित्यको सहर घोषित गरेको छ।

भौगोलिक हिसाबमा मध्य एटलान्टिक रिजको एक हिस्सा, ऐतिहासिक, राजनैतिक, सांस्कृतिक र व्यवहारिक कारणबाट यूरोपमा सामिल, उत्तरी एटलान्टिक र आर्कटिक महासागरको बीचमा पर्ने प्राकृतिक हिसाबले अति सुन्दर देश आइसलेण्ड हो। यूरोपमा सबैभन्दा कम आवादी देशले चिनिने यो मुलुकको क्षेत्रफल करिब चालिस हजार वर्गमिल छ। नार्डिक ग्रुपभित्र पर्ने यस देशको राजधानी रेक्जाभिक विश्वकै सबैभन्दा उत्तरी भागमा पर्दछ। तीनलाख पैंसठ्ठी हजार जनसंख्या रहेको यो देश सन् २०१३ को यू एन मानव विकास सूचाङ्कमा १३ औं स्थानमा परेको हो।

यस देशको साहित्यमा उत्तरवासीको (नर्वेजियन) गहिरो प्रभाव परेको छ। यस प्रकारको आयतित साहित्यलाई ओल्ड नोर्स लेटिरेचर भन्ने गरिन्छ। नव आधुनिक कालखण्डमा यस देशको साहित्यिक आयममा पुनः प्रवर्तन भएको छ। निबन्ध, कविता, लघुकथा, अभिव्यंजनावादी लेख आदिले गर्दा संसारभर यस देशको साहित्यको चर्चा अग्रस्थानमा हुने गरेको पाइन्छ। हाल अपराध उपन्यासकार अरनाल्डर इन्डि्रयासनले यस देशको साहित्यको उत्थानमा ठूलो भूमिका निभाएका छन्। यस देशको साहित्यिक परिवेशलाई समेटेर बुँदागत रूपमा केही प्रसङ्ग उल्लेख गरिएको छ।

आइस्लेण्डः
१) विश्वमा सबैभन्दा धेरै लेखक, आइस्लेण्डिक भाषामासबैको पेटमाएउटा किताब हुन्छ अथवा हर कोही एउटा किताब जन्माउँछ’।
२) प्रत्येक दश जनामा एकजना किताब लेख्छ।
३) नोर्स उपनिवेशियहरूको कथा धेरै हुन्छ, नेप्किन पेपर अथवा कफी प्यालामा समेत साहित्यिक कथा लेखिएको पाइन्छ, सबै झरनामा प्राचीन नायक वा नायिकाको जीवनी जोडिएको हुन्छ भने टुरिष्ट गाइडले पनि कविता भन्छ र पार्कहरूमा बस्ने बेन्चमा समेत कविता लेखिएको हुन्छ।
४) अगला मैग्नुसगटिर आइस्लेण्डिक साहित्यिक केन्द्रकी प्रमुख थिइन्। उनका अनुसार यस केन्द्रले साहित्य र अनुवादका लागि सरकारबाट आर्थिक सहायता पाउने गर्दछ। अपराधसित जोडिएका उपन्यासहरूको बिक्री धेरै हुने गर्दछ।
५) प्राकृतिक सुन्दरता, तालतलैया, झरना, ज्वालामुखी, परीकथाका विषयवस्तुहरू पुस्तक लेख्नमा सटीक पृष्ठभूमि बन्दछन्।
६) सन् १९४४ मा डेनमार्कबाट स्वतन्त्र भए पश्चात् यस देशले आफ्नो पहिचान बनाउन शुरु गर्‍यो। सन् १९५५ मा हाल्डार ल्याक्सनेसले साहित्यको नोबेल पुरस्कार जितेका हुन्। यस देशका जनता आफ्नो घरमा पालेको बिरालोको नाम समेत ल्याक्सनेससित जोडेर राख्दछन्। कसैलाई पुरस्कृत गर्नु परेमा किताब नै दिइन्छ। क्रिस्मसको अगाडि अधिक मात्रामा किताबहरू प्रकाशन हुन्छन्। यहाँ कपाल काट्ने ठाउँमा समेत साहित्यकार र उनका पुस्तकहरूको चर्चा चल्दछ, कुनै-कुनै राम्रा लेखकलाई तलब मिल्दछ।
७) लेखकहरू जिउँदै स्र्वर्ग गए भने यही देशमा पुग्दछन्।

यहाँका बासिन्दा निकै हँसिला र मिजासी स्वभावका हुन्छन्। सार्वजनिक अपराध कम हुने हुँदा पुलिससंग कुनै हतियार हुँदैन। यहाँ फौजी संगठनको कुनै व्यवस्था छैन। यो देशलाई अँधेरो र प्रकाशको देश भनिन्छ। दिसेम्वरमालगभग २४ घण्टाको रात र जुनमा २४ घण्टाको दिन हुन्छ। यहाँ सर्प र लामखुट्टे पटक्कै हुँदैनन्। कृषि योग्य भूमि १%मात्र छ। एलुमिनियम र माछाको निकासीबाट प्रसस्त आमदानी हुन्छ। अधिकांश मानिस यहाँ कल्पित ‘बौने” टुनामुना गर्न जान्ने हुन्छन् भन्ने अन्ध विश्वास मान्दछन्। सेना छैनन्। साक्षरता दर ९९% छ। राज्यले नामाकरण समितिको व्यवस्था गरेको छ। नयाँ नामाकरण गर्न समितिको स्वकृति आवश्यक पर्दछ।

-तीर्थराज अधिकारी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }