शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसास सम्मेलन  बोस्टनमा हुने


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १३, २०७९
  • 268
    SHARES

समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मार्च १०- १२ मा  पाँचौँ च्याप्टर र महिला सम्मेलन गर्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने यो सम्मेलन गत कार्यकालमा कोरोनाको कारण जूमबाट गरिएको थियो ।

कार्यक्रमका लागि होलिडे-इन होटल बुक गरिएको छ भने कार्यक्रम नेपाली कम्युनिटी भवनमा गरिने छ ।
तीन दिने कार्यक्रममा अनेसासका च्याप्टरका प्रतिनिधिहरू र महिला साहित्यकारको सहभागिता रहने छ ।

प्रथम च्याप्टर सम्मेलन २०१६मा क्यालिफोर्नियामा आयोजना गरिएको थियो भने न्यूयोर्कमा महिला सम्मेलन गरिएको थियो । यसपटक दुईवटा सम्मेलन एकैपटक गर्न लागिएको हो ।

सहभागिताको लागि च्याप्टरहरूलाई पत्राचार गरिसकिएको अनेसास महासचिव विमला निरौलाले बताइन् । च्याप्टर सम्मेलनको लागि अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुनको संयोजकत्वमा समिति गठन भइसकेको छ । महिला सम्मेलनको लागि महिला समिति संयोजक अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले संयोजन गरिरहेको आयोजकले बताएका छन् ।

कार्यक्रमका च्याप्टरका गतिविधिहरू र महिला साहित्यकारका बारेमा कार्यपत्र प्रस्तुत र विश्वकाव्य गोष्ठी गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }