शुक्रबार, बैशाख २८, २०८१

११ महिनामा साँडे पाँच लाख पर्यटक नेपाल भित्रिए


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 208
    SHARES

काठमाडौँ-  पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार छ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार पाँच सय ८९ र सेप्टेम्बरमा ५८ हजार तीन सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै अगष्टमा ४१ हजार तीन सय ४, जुलाइमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५, मेमा ५३ हजार छ सय आठ, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नोभेम्बरमा पनि भारतबाट २० हजार आठ सय ३२ पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ३१, बेलायतबाट पाँच हजार एक सय ६५ र अष्ट्रेलियाबाट तीन हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै बङ्गलादेशबाट दुई हजार दुई सय १८, थाइल्यलाण्डबाट दुई हजार चार सय ४१ पर्यटक आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }