घुमाउने झार
बुवा सभाका मुख्य अतिथिको रूपमा सिलगढी जानुहुने रे ।आज भने म (सालु ) जङ्गल जान पाउने भएं । डोको नाम्लो र बाम्फक निकालें र सुबाला दिदी हिडी सकिन् कि भनेर हेर्न गएं। दिदी भात खांदै रहिछन् । म ढुक्क भएं।
आज त म पनि जाने भन्दै रमाएं। दिदीले “हामीलाई जान मन पर्दैन तर तिमी भने कती रमाउँछ्यौ भन्दै हासीन”।
हामी पोखरेबुङ्गको बाटो हुंदै बडा रेकँ खोलाको ओरालो रातो माटे तिर लाग्यौं । सल्लाको रूख काटिंदै थियो । म दियालोको चोईटा बटुल्न तिर लागें । दिदी पनी दाउरा बटुल्न लागीन् ।
भारी बोकेर फर्किँदै थियौं । उज्यालै थियो ! हामी उक्कालो चडेको नि धेरै बेर भईसकेको थियो । हामी घुम्दै फिर्दै त्यही ठाउँमा पुग्दा रहेछौँ । मुल वाटोमा निस्किनै सकेनौँ । अब रात पनि पर्न थाल्यो । उक्कालो मात्र होइन रातो माटो भएको चिप्लो पनि थियो । थाकी सकेका थियौं । भारी बिसायौं। दांया बांया हेर्न थाल्यौ । निष्पट्ट अंध्यारो भईसकेको थियो । केही देखिएन । दिदी जाउँ भन्दै आत्तिन थाली सालु । उस्लाई डर पनि लागेछ । यसरी राती कहिल्यै जंगल गएकी रहिनछ उ। दुबैजना डोको बोकी उक्कालो लाग्यौँ । एउटा केटा खोलाको छेउमा बसेको देखेर दिदीले सोधिन “माथी बाटो कता बाट निस्कन्छ भाई” , उ केही बोलेन। दिदीले कटुवा बेरेर सल्काईन् । मलाई पनि कदुवाको गन्ध भने मन पर्थ्यो । अनी हामी उकालै उकालो सरसर हिड्यौँ र घर पुग्यौं।
घर पुग्दा रूवा बासी भईरहेको थियो । म र सुबाला दिदी भारी घोप्ट्याएर दगुर्दै हेर्न पुग्यौं ! आमा नि! त्यो अघि खोलाको छेउमा भेटेको केटाको लाश पो भुंईमा लडी राखेको रहेछ । आंङ्ग सिरीङ्ग भयो । ओह घुमाउने झारले भेटेको भनेको त त्यही पो रहेछ।।
-ललिता जोशी क्षेत्री
भारत