सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा भोलिदेखि आम सर्वसाधारणका लागि कोरोना विरुद्धको खोप अभियान शुरु

पहिलो चरणमा ३० लाख डोज खोप सबै राज्यमा पुर्याइँदै


  • माउन्टेन खबर
  • आइतवार, मंसिर २८, २०७७
  • 729
    SHARES

संयुक्त राज्य अमेरिकाका सर्वसाधारणले पनि भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभाग FDA ले आपतकालिन प्रयोगका लागि अनुमति दिए लगत्तै खोप अभियान शुरु गर्न लागिएको हो ।

अमेरिकी कम्पनी फाइजर र उसको जर्मन साझेदार वायोएनटेकले निर्माण गरेको खोप नै अमेरिकामा पहिलोपटक लगाउन लागिएको हो । पहिलो चरणको खोप कार्यक्रमका लागि ३० लाख डोज खोप सबै राज्यहरुमा यसै हप्ताभित्र पठाइसक्ने जनाइएको छ ।

अन्य देशमा जस्तै अमेरिकामा पनि स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरुबाट नै खोप अभियान शुरु गरिने भएको छ ।

खोपले कोरोना विरुद्ध ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने निर्माता कम्पनीको दाबी छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म ३ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १ करोड ६५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)