बुधबार, बैशाख २६, २०८१

अमेरिकी राष्ट्रपति निर्वाचन

चुनावमा धेरै भोट ल्याउँदैमा अमेरिकाको राष्ट्रपति बन्न मिल्दैन 

अमेरिकी राष्ट्रपति निर्वाचनमा इलेक्टोरल कलेजको भोट निर्णायक


  • राम लामा अविनाशी , अमेरिका
  • आइतवार, कार्तिक ९, २०७७
  • 1.0K
    SHARES

 अमेरिकाभरिका कूल मतदाताहरूले खसालेको मत गणनामा अधिक भोट ल्याउने उम्मेदवार राष्ट्रपति बन्छ होला भन्ने तपाईंहामी सबैलाई लाग्नु स्वाभाविकै हो । तर अमेरिकामा त्यस्तो हुँदैन । २०१६ को चुनावमा हिलारी क्लिन्टनले डोनाल्ड ट्रम्पले भन्दा करीब ३० लाख बढी पपुलर भोट प्राप्त गरेकी थिइन् । तर उनी राष्ट्रपति बन्न पाईनन् । किनभने, डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजको भोट क्लिन्टनको भन्दा ७७ बढी प्राप्त गरेका थिए । त्यसैले उनी राष्ट्रपति बने ।

अमेरिकामा दुईथरी मत हुन्छन् । एक, समस्त नागरिकहरूले खसाल्ने भोट जसलाई पपुलर भोट भनिन्छ । अर्को इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) भोट, जसमा विभिन्न राज्यहरूका लागि छानिएका प्रतिनिधिहरू रहेका हुन्छन् । हो, यही भोट अधिक प्राप्त गर्ने उम्मेद्वारले राष्ट्रपतिको पद हात पार्छन् ।

जुन राज्यमा जुन उम्मेदवारले अधिक भोट प्राप्त गर्छ उसैले त्यस राज्यमा तोकिएको इलेक्टोरल कलेज भोट पनि पाउँछ । जस्तै: सबैभन्दा बढी करीब  २ करोड मतदाता रहेको राज्य क्यालिफोर्नियामा ५५ इलेक्टोरल कलेज भोट छ । जसले बढी पपुलर भोट पाउँछ उसैलाई यी ५५ वटा भोट पनि जान्छ ।

सबैभन्दा कम मतदाता भएको राज्य वायोमिंग हो । जहाँ करीब २ लाख ४० हजार मतदाता छन् भने  इलेक्टोरल कलेज भोटको सँख्या ३ रहेको छ । यहाँको पनि जसले बढी पपुलर भोट पाउँछ उसैले ती तीनवटा भोट पनि पाउँछ ।

यसरी ठूलाठूला थोरै राज्यका पपुलर भोट पाउन सके पनि स-साना राज्यका पपुलर भोट पाउन नसक्दा यी इलेक्टोरल कलेज भोट पनि विपक्षीका हातमा पर्न सक्छन्। ठुलाठुला राज्य बाट अत्याधिक मत ल्याउन सक्नेका लागि ति थोरै सँख्याका पपुलर भोट् जरुरत नपर्न पनि सक्छ । तर चुनाव जित्न त्यहाँको  इलेक्टोरल कलेज  भोट भने जरुरत पर्न सक्छ ।

अमेरिकामा ५० राज्य छन् । कुनै राज्य क्षेत्रफलको हिसाबले ठूला छन् त कुनै जनसंख्याको हिसाबले । यसैलाई आधार मानेर इलेक्टोरल कलेज प्रतिनिधिहरूको नियुक्ति गरिन्छ  । यिनीहरूको नियुक्ति पार्टीले छानेका , चुनाव कमिटीले छानेका  र प्राइमरी चुनावबाट विजयी भएकाहरूमध्येबाट गरिन्छ । यिनीहरूले पछि राष्ट्रपतिको चयनमा विश्वासघात नगरून् भन्नेमा निकै सतर्कता अपनाइएको हुन्छ ।

हाल, अमेरिकाभरिमा जम्मा ५३८ इलेक्टोरल कलेज मत हुन्छ जसमा ५० वटा राज्यका २।२ जना सिनेटर पनि सँलग्न हुन्छन् । अमेरिकाको राष्ट्रपति हुनका लागि २७० वटा यस्तो भोट पाउनुपर्छ ।

अब यहाँ सबैको मनमा एउटा जिज्ञासा उब्जिन सक्छ । इलेक्टोरल कलेजको भोटले मात्रै चुनाव हार र जित हुन्छ भने यतिका समय लगाएर यत्रो  खर्च गरेर किन चुनाव गरेको होला अमेरिकाले भनेर । यो तर्क पनि बेतुकको होइन । तर, बुझ्नुपर्ने कुरोको चुरो कहाँनिर छ भने, जसले जनताको मत ( पपुलर भोट ) बढी ल्याउँछ, उनैले मात्रै त्यो राज्यको इलेक्टोरल कलेज भोट पाउँछन् । अनि चुनाव गर्न परेन त ?

न्युयोर्क, क्यालिफोर्निया र शिकागोजस्ता ठूला राज्यहरू डेमोक्र्याट्सको पकडमा छन् । पपुलर भोटमा यी राज्यको भूमिका अहम् हुन्छ । लचकदार भोट भएका कोलोराडो, मिसिगन, पेन्सिल्भेनिया, फ्लोरिडा, जर्जिया आदि जस्ता राज्यहरूको मतका लागि अमेरिकी राष्ट्रपतिको चुनावमा बढी खिचातानी हुने गर्दछ । किनकि टेक्ससलगायत बाँकी स-साना राज्यहरुमा प्राय: रिपब्लिकनको पकड रहेको छ ।

रिपब्लिकन नेता ट्रम्प एसियन, अस्वेत र महिलाहरुका बीच प्रिय बन्न सकेका छैनन् । यस कारण पनि यसपालिको चुनावमा यी समुहहरू लगायत अधिकाँस नेपाली मुलका अमेरिकिहरु ट्रम्पका बलिया प्रतिश्पर्धी डेमोक्र्याट पार्टिका राष्ट्रपतिका उमेद्वार जो वाईडेनका साथमा छन् । तर, जनसँख्या र क्षेत्रफलका आधारमा ठूलो मानिएको र रिपब्लिकनको पकडमा रहेको टेक्सस राज्यमा बस्ने नेपाली मूलका अमेरिकनहरू पनि ट्रम्पको पक्षमा प्रचार प्रसारमा लागेको देखिन्छ ।

अमेरिकाका ठूला र विकसित केही राज्यहरूबाहेक अरू सबै अविकसित समाज र अशिक्षित वर्गहरूकै वर्चश्व रहेको छ । प्राय: खेतीकिसानी गरी आफ्नो समुदायभित्र मात्र रमाउने गर्छन् । भूमिपुत्रजस्ता रुढिवादी सोचमा सीमित रहने यो समूह बाहिरी मुलुकबाट भित्रिएका आप्रवासीप्रति त्यति उदार देखिँदैन । यिनै समूहका आडमा रिपब्लिकनको साहस बढेको हो । यस्ता राज्यहरूको संख्या अधिक छ अमेरिकामा ।

सन् १७८९ को संविधानले व्यवस्था गरेको यो इलेक्टोरल कलेज पद्धतिले जनमतको कदर गर्न नसकेको कारण देखाई यसलाई खारेज गर्नका लागि करीब  ७०० पटक अमेरिकी कँग्रेसमा प्रस्ताव पेश भएको उल्लेख छ । १९६९ मा सो प्रस्तावलाई स्वीकार गरी विधेयक नै पारित गरिएको थियो, तर लगत्तै अर्को वर्ष माथिल्लो सदन सिनेटमा यो प्रस्ताव अस्वीकार गरियो ।

रिपब्लिकन पार्टी यस प्रस्तावको विरोधमा उभिएको छ । किनभने, यो पार्टी अमेरिकामा आदिवासी गोराहरूको प्रभुत्व चाहन्छ, जसलाई मलजल गरेको छ यो इलेक्टोरल कलेज भोट सिस्टमले ।

 

राम लामा अविनाशी , अमेरिका

[email protected]

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }